बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नबिल बैंकको खुद मुनाफा सात अर्ब छ करोड

सोमबार, साउन २१ २०८१

काठमाडौं । नबिल बैंकले आर्थिक बर्ष २०८०/०८१ मा सात अर्ब छ करोड ३३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६० करोड रुपैंयाँले बढी हो । अघिल्लो आवको बैंकको यस्तो नाफा छ अर्ब ४० करोड ४९ लाख ३६ हजार रुपैंयाँ रहेको थियो।

हाल चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैंयाँ रहेको बैंकले आव २०८०/०८१ मा चार खर्ब ६२ अर्ब आठ करोड ५९ लाख १३ हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ७३ अर्ब ९७ करोड ७५ लाख ९९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ अर्ब २० करोड ७० लाख १० हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३९ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ। वितरणयोग्य नाफा तीन अर्ब ८५ करोड ७३ लाख ४४ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ९९ प्रतिशत रहेको छ।

अघिल्लो आवमा भने बैंकले तीन खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख ९९ हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख ७१ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ अर्ब ७४ करोड ८८ लाख ४२ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा तीन अर्ब १८ करोड ७० लाख ५९ हजार रुपैंयाँ रहेको थियो।