४० अंकले बढ्दा २१ अर्ब ८६ करोडको शेयर किनबेच
काठमाडौं । नेप्सेमा उछाल देखिएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ४० दशमलव ७६ अंकले बढेर २७ सय ९६ दशमलव ३८ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ९७ अंकले घटेर चार सय ९१ दशमलव ७८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २६ वटा कम्पनीह्रुको दुई लाख ३८ हजार ७८ पटकको कारोबारमा चार करोड ९७ लाख ७३ हजार सात सय ३०९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ८६ अंकले घटेर १५ सय ४८ दशमलव शुन्य आठ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि आठ दशमलव ४६ अंकले घटेर पाँच हजार तीन सय ९२ दशमलव १४ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ६४ दशमलव ७१ अंकले घटेर तीन हजार चार सय चार दशमलव १३ अंकमा झरेकोमा उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने एक सय दुई दशमलव ४२ अंकले बढेर तीन हजार चार सय आठ दशमलव ६७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि चार सय ३० दशमलव २९ अंकले बढेर १३ हजार सात सय ३७ दशमलव ७६ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६८ दशमलव ९५ अंकले बढेर १३ हजार छ सय ७१ दशमलव ६४ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।