१० वटा बैंकहरुको नाफा बढ्दा, प्रभुको नाफामा झण्डै १५ सय प्रतिशतले बृद्धि
काठमाडौं । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले आर्थिक बर्ष २०८०/०८१ मा आधा खर्ब भन्दा बढी खुद मुनाफा कमाएका छन् । बैंकहरुले सोमबारसम्ममा सार्वजनिक गरेको आव २०८०/०८१ को अपरिष्कृृत वित्तीय विवरण अनुसार यस अवधिमा बाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड १० लाख ८६ हजार रुपैंयाँ खुद मुनाफा कमाएका हुन । बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा १३ दशमलव ३९ प्रतिशत अर्थात सात अर्ब ५७ करोड ६६ लाख ३४ हजार रुपैंयाँले बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो नाफा ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैंयाँ रहेको थियो।
अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०८०/०८१ मा १० वटा बाँणिज्य बैंकहरुको नाफा बढेपनि १० वटाको नाफा भने घटेको छ । खुद मुनाफा बढ्ने बैंकहरुमा प्रभु, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराईज, एभरेष्ट, प्राईम कर्मसियल, कुमारी, एभरेष्ट र नेपाल एसबिआई बैंंक परेका छन् । यि बाहेकका सानिमा, एनएमबी, एनआईसी एशिया, नेपाल बैंक, स्टान्र्डड चार्टड बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छे बैंक र राष्ट्रिय बाँणिज्य बैंकको खुद मुनाफा भने घटेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०८०र०८१ मा प्रभु बैंकले खुद मुनाफा आर्जनमा एतिहासिँक उपलब्धी हाँसिल गर्न सफल भएको छ । बैंकले यस अवधिमा चार अर्ब ४८ करोड आठ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा १४ सय ९९ दशमलव शुन्य चार प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा २८ करोड दुई लाख १९ हजार रुपैंयाँ मात्र रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिृकत अशोक शेरचनको कुशल व्यवस्थापकीय क्षमता र सिंगो बैंकको कर्मचारी संयन्त्र, बैंक सञ्चालक समितीको र आम ग्राहक तथा शेयरधनीहरुको साथ र सहयोग कै कारण यो उपलब्धी हाँसिल गर्न सफल भएको प्रभु बैंकले जानकारी दिएको छ।
स्टान्र्डड चार्टड बैंकले भने आव २०८०/०८१ तीन अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो तीन अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैंयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि आव २०८०र०८१ मा पाँच अर्ब १९ करोड ८३ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा तीन अर्ब ७२ करोड आठ लाख ३३ हजार रुपैंयाँ रहेको थियो । सिटिजन्स, एनएमबी र एनआईसी एशिया बैंकले भने आव २०८०/०८१ मा क्रमशः एक अर्ब ३४ करोड २४ लाख ६६ हजार, दुई अर्ब ३३ कारेड ६५ लाख ९९ हजार र एक अर्ब ३८ करोड १८ लाख नौं हजार रुपैंयाँ खुद मुनाफा कमाएका छ । अघिल्लो आवमा यि बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ८३ करोड ३७ लाख ५६ हजार, तीन अर्ब साात करोड ९७ लाख २३ हनार र चार अर्ब ४४ करोड ४७ लाख ६९ हजार रुपैंयाँ रहेको थियो । आव २०८०/०८१ मा लक्ष्मी सनराईज, प्राईम, कुमारी र हिमालयन बैंकले भने क्रमशः तीन अर्ब तीन करोड ४५ लाख ३९ हजार, तीन अर्ब ७७ करोड ४३ लाख दुई हजार, दुई अर्ब ३० करोड ८२ लाख १२ हजार र दुई अर्ब ८३ करोड ८० लाख ४९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छ । अघिल्लो आवमा यि बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब २८ करोड ५२ लाख ३९ हजार, एक अर्ब दुई करोड ७८ लाख ९९ हजार, ५१ करोड ७९ लाख २१ हजार र एक अर्ब ५६ करोड २८ लाख १७ हजार रुपैंयाँ रहेको थियो।
आव २०८०/०८१ मा सानिमा, माछापुच्छे, नबिल र एभरेष्ट बैंकले भने क्रमश दुई अर्ब ३८ करोड १९ लाख ४१ हजार, एक अर्ब २५ करोड एक लाख ६७ हजार, साता अर्ब छ करोड ३३ हजार र तीन अर्ब ७० करोड छ लाख ४८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब ६० करोड ५७ लाख ९३ हजार, एक अर्ब ६२ करोड ५५ लाख २५ हजार, छ अर्ब ४० करोड ४९ लाख ३६ हजार र तीन अर्ब ३६ करोड २१ लाख १५ हजार रुपैंयाँ रहेको थियो । यसैगरी ग्लोवल आईएमई, सिद्धार्थ, नेपाल एसबिआई र कृषि बिकास बैंकले भने आव २०८०/०८१ मा क्रमशः छ अर्ब एक करोड ६२ लाख १६ हजार, तीन अर्ब एक करोड ५५ लाख ३५ हजार, दुई अर्ब एक करोड ३७ लाख २१ हजार र तीन अर्ब ६५ करोड ५६ लाख ६२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छ । अघिल्लो आवमा भने यि बैंकहरुले क्रमशः छ अर्ब ६९ करोड ४३ लाख ५८ हजार, तीन अर्ब १६ करोड ६७ लाख ७१ हजार, एक अर्ब १९ करोड पाँच लाख आठ हजार र एक अर्ब ३२ करोड ३४ लाख ११ हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए।
सरकारी स्वामित्वको नेपाल बैंक र राष्ट्रिय बाँणिज्य बैंकले भने आव २०८०/०८१ मा क्रमशः एक अर्ब ६५ करोड ६८ लाख ३१ हजार र तीन अर्ब ३९ करोड ८२ लाख १२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छ । अघिल्लो आवमा यि बैंकहरुले क्रमशः तीन अर्ब ४३ करोड ७५ लाख ७८ हजार र तीन अर्ब ५९ करोड ५१ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए।

