शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सैन्य भण्डारमा रद्दी सामान

सोमबार, साउन २१ २०८१

देशको रक्षार्थ खडा गरिएको राष्ट्रिय सेनाका लागि आवश्यक सामानको बन्दोबस्ती गर्ने सम्भार रथी विभागलाई कमसल सामानको भण्डार बनाइएको छ । लामो समयदेखि उक्त विभागको जिम्मेवारीमा रही महासेनानीमा पदोन्नत भएका दीपक भण्डारी र जर्नेल प्रकाश देउजाले शुभलाभमा प्रतिस्पर्धा गरिरहेको आरोप छ ।

यी सैनिक हाकिमनिकट आरए इन्टरनेशनलले पोलिस्टर वेभ बेल्ट बुझाएर जंगी असवावखानालाई सामान नाइलनकै हो भनी बुझ्न बाध्य बनाए । यही कम्पनीबाट गेम ड्रेसका सामग्रीहरू पनि गुणस्तरहीन ल्याएर भण्डारण गरिसकिएको छ । ठेकेदार रितेश अग्रवालले पनि नमूनामा पेश गरेकोभन्दा निकै कमसल र गुणस्तरहीन ज्याकेट र ट्र्याकसुट ल्याएर भिडाइसकेका छन् ।

दीपकले आफूनिकट ठेकेदारमार्फत एकथरी कमसल सामान भित्र्याउनासाथ प्रकाशले फेरि उनी निकट ठेकेदारमार्फत अर्को त्यस्तै सामान भिडाइहाल्छन् । हाकिमहरूको स्वभावलाई सम्बोधन गर्दै अल्पाइन हार्डवेयरले पनि रद्दी सामान भिडाउँदै आएको छ ।

यस आर्थिक वर्षको शुरुवातमै अल्पाइनले अत्यन्तै कमसल गुणस्तरका म्याट्रेस, लघु उद्योगका लागि प्रयोग गरिने विभिन्न कपडा र कच्चा पदार्थहरू दाखिला गरी सैनिक मुख्यालयलाई धोका दिइसकेको छ । अल्पाइन, आर ए, अल्बेलो, एडी सप्लायर्सलगायतले कमसल सामान बुझाएर राम्रो कमाइ गरेको र यसबाट सेनाप्रतिको धारणा नै नराम्रो हुँदै गएको चिन्ता सैनिक हाकिमहरूले व्यक्त गरेका छन् ।

(साभार : जनआस्था साप्ताहिकबाट)