लापसे तथा यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने ४२ जना चालकहरू कारबाहीमा
काठमाडौं । ललितपुरको सातदोबाटोमा शुक्रबार गरीएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६८ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो।
त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५ ५३ नम्बरका बस चालक दोलखाको गौरीशंकर गाँउपालिका ८ का २५ वर्षीय निम छिरीङ शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाव, म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वनरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे÷नगरेको चेक गर्दै आएको छ । जगातीमा आज १० ओटा सवारी साधनलाई चेक गर्दा एकजना सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो।
नियन्त्रणमा आएका शेर्पालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको छ । चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वतराज खड्काले बताए।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यसरीनै चेकिङलाई कडाइका साथ निरन्तरता दिइने प्रवक्ता खड्काले जानकारी दिए।