भक्तपुर । भक्तपुरको मध्यपुर थिमि दिव्यश्वरी जग्गा प्लानिंगको एउटा टहरामा जीवन काटिरहेका आमाछोरा हिजोआज अहिले के खाने ? भरे के खाने ? भन्ने चिन्तामा छन् । पाँचथर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ दिव्यश्वरी जग्गा प्लानिंगमा बनेको एउटा टहरामा भाडामा बसेर जीवन विताइरहेका दीक्षा लिम्वू (नागरिकताको नाम चित्रकला मगर) र उनका १४ महिनाको छोरा निर्मल लिम्वुको चिन्ताको कारण हो, गरिवी । गरिव हुँंदाहुँंदै पनि जेनतेन जीवन विताइरहेका उनीहरुको परिवारमा कमाई ल्याउने श्रीमान्को हत्या भएपछिबाट उनको परिवार समस्यामा पर्न थालेको हो।
परिवारले बताए अनुसार गएको जेठ २ गते श्रीमान् पाँंचथर घर भई भक्तपुरको टहरामा भाडामा रहेका वर्ष २७ का सुमन लिम्वुको मनमोहन अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि उनी वैशाख ७ गते दिव्यश्वरी जग्गा क्षेत्रमै कुटपिटमा परेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो।
पीडित दीक्षाका अनुसार श्रीमान्माथि पाँंचजनाको समूहले धारिलो हतियार प्रयोग गरेका थिए । घाइते भएपछि तत्कालै उनलाई अस्पताल पुरयाइएको थियो । तर झण्डै २५ दिनको उपचारपछि श्रीमान् यो संसार त्याग गरे । त्यसपछिबाट हाम्रो बेहाल भएको छ, दीक्षाले भनिन्, कतै जाउँ. भने सानो छोरा छ, के गरु कसरी खाउँं।
दीक्षाका अनसार झगडा गर्ने पक्षहरु चिनजानकै थिए । उनीहरु त्यो बेला जाँंडरक्सी पिउँंदै थिए । यही क्रममा उनीहरुवीच विवाद हुन थाल्यो । विवाद्ले उग्र रुप लिंदा कुटपिटसमेत हुन थाल्यो र श्रीमान् सुमन गम्भीर घाइते भए।
दीक्षाका अनुसार अहिले उनको परिवार विभिन्न दानीहरुबाट दिएको दानको आधारमा चलिरहेको छ । मेरो दुःख देखेर कसैले दयामायाँं गरेर दिएको सहयोगमा हामी आमा छोराको जीवन चलिरहेको छ, उनले दुःख विसाइन्, कहिलेसम्म यसरी मागेको भरमा चल्ने होला र?
पीडितका दाइ नाता पर्ने अर्जुन मगरका अनुसार घटनापछि कुटपिटमा संलग्न रहेका पाँंचजनालाई प्रहरीले पक्राउ गरेको थियो । स्थानीय उतम कोजू, सुमन खड्का, सुजन खड्का, राजीव मोक्तान र सञ्जय मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो । तर पछि मिलापत्र भई उपचार खर्च व्यहोरिदिने सहमति पछि उनीहरुलाई छोडिएको थियो । पछि फेरि पििीडतको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले फेरि पक्राउ गरेको थियो । तर अहिले उनीहरु बाहिरै छन्।