बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

टिपरको ठक्करबाट मोटरसाइकल चालक मृत्युः आफन्त गरे सडक अवरुद्ध

आइतबार, साउन २० २०८१

दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

घाइते बस्नेतकाेे उपचारको क्रममा ९ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हाे ।

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।