शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१० दिनपछि लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड

शुक्रबार, साउन १८ २०८१

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड भएको छ ।

नवनियुक्त प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड भएको हो ।

बादशाह कुर्मीले वन तथा वातावरण मन्त्रालय पाएका छन् ।

भूमिश्वर ढकालले भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् ।

सरोज थापाले सहरी विकास र खानेपानी मन्त्रालय, प्रचण्डविक्रम न्योपानेले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खेम बहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।