बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

शुक्रबार, साउन १८ २०८१

काठमाडौँ । कक्षा- १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड बैठक अहिले जारी छ ।

नेपाल टेलिकमले सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो ।

वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठसय ४७ परीक्षार्थी सहभागी थिए ।

कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् ।

जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।