काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित सडकमा लु.८१ प१४०८ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ शान्तिटोल बस्ने ४५ वर्षीय अम्बिका श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनकोदेवदह मेडिकल कलेज भलुही रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुरको त्रियुगा नगरपालिका–३ लच्कास्थित सडकमा २ वटा साइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका–५ देउरी बस्ने २५ वर्षीय विनोद बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुर हुँदै न्यूरो अस्पताल बिराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो ।अर्का साइकलयात्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।