शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

निर्माण उद्योगको समस्याबारे मन्त्रीद्धय लेखक र चौरसियालाई ब्रिफिङ

बिहिबार, साउन १७ २०८१

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगमा देखिएका विविध समस्याबारे गृह मन्त्री तथा कानून, न्यायतथा संसदीय व्यवस्था मन्त्रीलाई अवगत गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधवार गृहमन्त्री रमेश लेखक र कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियालाई अलग अलग भेटी निर्माण उद्योगमा रहेका विविध समस्याहरू बारे अवगत गराएको हो।

गृहमन्त्री समक्ष महासंघले निर्माण व्यवसायीहरू र निर्माण उपकरणको सुरक्षा, जिल्ला दररेट, नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खननमा देखिएको समस्या, चेक अनादर, ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने ज्यादती लगायतका विषयमा ध्यानाकर्षण गराएको छ । जवाफमा गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायी दुवै पक्षआ—आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्ने बताए । त्यस्तै महासंघले कानून, न्यायतथा संसदीय व्यवस्थामन्त्री चौरसिया समक्ष केही नेपाल ऐन संशोधन लगायत पूर्ण निर्माण उद्योगमैत्री ऐन कानूनका लागि अनुरोध गरेको छ।

जवाफमा मन्त्री चौरसियाले आफूले निर्माण व्यवसायीको पीडा बुझेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताए । महासंघ प्रतिनिधिमण्डलले माननीय मन्त्रीद्धयको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ।