बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने प्रधानमन्त्री ओलीको उद्घोष

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालयको बैठक होटल बसेरामा बस्दै

बिहिबार, साउन १७ २०८१

काठमाडौं  । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमालेले जनाएको छ ।

बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।

यसअघि गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गर्दै फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

यसैबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् ।

सर्वसाधारणको सुझाव अनुसार आफ्नो स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने उनले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी दिँदै उनले मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको उल्लेख गरेका छन् ।

आजको सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ ।