शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

बुधबार, साउन १६ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।