शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

२०२७ को एसिया कप बंगलादेशमा हुने

बुधबार, साउन १६ २०८१

काठमाडौं । सन् २०२७ को एसिसी पुरुष एसिया कप बंगलादेशमा हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) का अनुसार प्रतियोगिता एकदिवसीय ढाँचामा हुनेछ ।

बंगलादेशले पछिल्लोपटक सन् २०१६ मा प्रतियोगिता आयोजना गरेको थियो । सन् २०२५ को एसिया कप भने ट्वान्टी-२० ढँचामा भारतमा हुनेछ ।

अर्को बर्षको एसिया कप भारतमा हुने
अर्को बर्षको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । एसिया कप अर्को वर्ष (सन् २०२५) हुनेछ । एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टी-२० विश्वकपको तयारी स्वरूप एसिया कप आयोजना हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत वर्ष ‘हाइब्रिड मोडल’मा एसिया कप आयोजना गरेको थियो । भारतले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेपछि एसिया कप श्रीलंकामा पनि आयोजना भएको थियो ।

२०२७ को एसिया कप बंगलादेशमा एकदिवसीय ढाँचामा आयोजना हुनेछ । सोही वर्ष ५० ओभरको विश्वकप आयोजना हुनेछ । २०२५ मा भारतमा आयोजना हुने टी-२० एसिया कप र २०२७ मा बंगलादेशमा हुने ५० ओभरको महादेशीय प्रतियोगितामा १३-१३ खेल हुनेछन् ।  एजेन्सी ।