शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मंगलबार, साउन १५ २०८१

काठमाडौं । रूपन्देहीको सैनामैना नगरपालिका–१० कंचन पुलस्थित सडकमा रा.५ प ८७३३ नम्बरको मोटरसाइकल र लु.२ ख ६२३६ नम्बरको टेलर गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दाङ घोराही उपमहानगरपालिका–४ बस्ने २५ वर्षीया सावित्रा भन्ने स्यान्नानी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भासीस्थित सडकमा म.१ त १०१७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–६ सुखासाल बस्ने ३५ वर्षीया पार्वती भट्टको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।