काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अस्विकार गर्ने नेपाली कांग्रेस र नेकपा एमाले बैठकले निष्कर्ष निकालेको छ ।
कांग्रेस र एमालेको संयुक्त बैठकले कृष्णमानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए । समितिको बैठक आज बिहान ११ बजे बोलाएको थियो । संसदीय सुनुवाइ समितिको बैठक स्थगित गरेर दुबै दलहरु आन्तरिक छलफलमा जुटेका थिए ।
सुनुवाइ समितिको बैठक साँझ ५ बजे बोलाइएको छ । त्यसबेलासम्म कृष्णमानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय लिने ती सदस्यले जानकारी दिए ।