बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गर्ने डीआईजी केसी जिम्मेवारीबाट हटाइए

आइतबार, साउन १३ २०८१

काठमाडौं। काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका डिआइजी केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको हाे ।

डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि विशेष ब्युरोमा सरुवा भएका थिए।

लेखक गृहमन्त्री बनेपछि केसीको सरुवा हुन सक्ने चर्चा सुरु भएको थियो।

रवि लामिछाने गृहमन्त्री हुँदा उनको निकट भएर काम गरेर केसीलाई विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ । ब्यूरोमा प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ ।

केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।

उनी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

यो मुद्दामा पूर्व गृहमन्त्री बालकृष्ण खाण समेत पक्राउ परेका थिए। त्यसबाहेक बहालवाला सचिव र उच्च राजनीतिक तहका व्यक्तिहरु पक्राउ परेक थिए।

पछिल्लो समय पक्राउ परेका बेचैन झा पनि केसीले नै समातेर नेपाल ल्याएको चर्चा छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो ।