काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा सरकारले चालु आर्थिक वर्ष २०८१ /०८२ को बजेटमा व्यवस्था गरेको नीति कार्यान्वयन गर्न सहज गरिने उल्लेख गरिएको छ।
सरकारको बजेट वक्तव्यअनुसार समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गर्ने गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए।