शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा थापा

शुक्रबार, साउन ११ २०८१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा राम कुमार थापा चयन भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको यही साउन तीन गते बसेको बैठकको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो।

बिसं २०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन्।