काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले माओवादी केन्द्रले उद्योगीहरुमाथि अनुचित लाभ लिन खोजेको विगतमा देखिएको आरोप लगाएका छन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गिरीले माओवादी केन्द्रले आर्थिक लेनदेनका लागि डेडिकेटेड लाईन र ट्रंक लाईनको महशुलमा बार्गेनिङ गरेको आरोप लगाएका हुन्।
उनले विगत ८/१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सो समयको विद्युत महशुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गरेँ।
माओवादी केन्द्रका सांसदहरूले विधुत महसुल तिर्न नपर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएजस्तो गरी आम जनतामा भ्रम छर्ने खालको अभिव्यक्ति दिएको जिकिर गर्दै आक्रोश व्यक्त गरेका छन्।