शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पूर्व राज्यमन्त्री हत्या प्रकरण : सहयोगीले भनेको कुरा यकिन गर्न पोलिग्राफ जाँच गरिँदै

राति बास बस्न आएकाहरुको अझै खुलेन पहिचान

मंगलबार, साउन ८ २०८१

काठमाडौं । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धान गर्न प्रहरीले रायको सहयोगीको बोलिको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गर्ने भएको छ ।

पूर्व राज्यमन्त्री रामचन्द्र रायको घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय  राम उजेन रायको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गर्ने मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले जानकारी दिए ।

सहयोगीको बयान अनुसार हत्या भएको रात साढे ९ बजेतिर ३ जना मानिसहरु आएका थिए जसलाई पूर्व राज्यमन्त्रीको आग्रह अनुसार नै सहयोगीले ओछ्यान मिलाइ दिएका थिए । ति ३ जनाको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरिसकेको छ ।