बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कर्णालीमा माओवादीबाट मन्त्री बनेका चार जनाले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

सोमबार, साउन ७ २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेसँगै माओवादीका मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन्।

केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । सोमबार यहाँका ४ मन्त्रीले मुख्यमन्त्री कँडेललाई राजीनामा बुझाएका हुन् ।

एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्री रहेका महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले पदबाट राजीनामा दिएका हुन्।

माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् । केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

माओवादीबाट मन्त्री बनेका चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए ।