बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

काठमाडौंको सुन्दरीजल, कपन र आसपासमा भारी वर्षा, सतकर्ता अपनाउन आग्रह

सोमबार, साउन ७ २०८१

काठमाडौं । आज विहन काठमाडौंको सुन्दरीजल, कपन र आसपासमा भारी वर्षा भएको छ ।

बागमती गौरीघाट, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी आसपास र नदी किनारका सडक प्रयोग गर्नेहरुलाई सतकर्ता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।