काठमाडौं । रिटेल पेमेन्ट स्वीच ९आरपिएस० बाट ५७ खर्ब रुपैंयाँको कारोबार भएको छ । आर्थिक बर्ष।२०८०र ८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत नेपाली रुपैंयाँ ५७ खर्बको कारोबार भएको हो । पछिल्लो आ।व।को तुलनामा यस आ।व।मा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको हो । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरु आरपिएस मार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रमअत्याधिक बृद्धि हुँदै गएको छ।
यस अन्तर्गत बैंक÷वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवाप्रदायकहरुका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्ग आरपिएसबाट हुने व्यव्स्था रहेको छ । उक्त निकायहरुलाई आरपिएसमा नेशनल पेमेन्ट इन्टरफेस ९एनपिआई० मार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्युआर भुक्तानी , नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा आरपिएसबाट प्रोसेस हुने गरेको।
एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरु जस्तै बैंक÷वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्टआइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत आरपिएसबाट नै प्रोसेसिङ्ग हुने गरेको छ।
नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीचलागू गर्न एनसीएचएललाई स्वीकृतीदिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारकोरूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८र७९ देखि सञ्चलान गर्दै आएको छ । रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेट बीच ट्रान्स्फर, सरकारी कारोबार, सेवाबापतको भुक्तानी, मोबाईल नम्बरको आधारमा ट्रान्स्फर, क्युआर भुक्तानी, क्युआर नेटवर्क बीच अन्तरआबद्धता, ई–कमर्शको लागि पेमेन्ट गेटवे, लगायतका भुक्तानी उपकरणहरु आरपिएसमा उपलब्ध रहेका छन् । सोही आरपिएसको माध्यमबाट क्रस बोर्डर भुक्तानीहरु समेत गर्न सकिने गरी एनपिआईएक्स प्रणालीको विकास भई केहि देशहरुमा कारोबार सञ्चालनमाआउने चरणमा रहेको छ । आरपिएसमा हाल ५ २बैंकरवित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन्।
नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन एनपिएस अन्र्तगत नेशनल कार्ड स्वीच र नेपाल पे कार्डको जडान कार्य समेत हुँदै गरेको छ।