शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

शनिबार, साउन ५ २०८१

काठमाडौं । आइतबारको संसद बैठक बस्नुअघि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ। भाेलि दिउँसो १ बजे संसद बैठक बस्ने संघीय संसद सचिवालयले कार्यसूची बनाएको छ।