शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

बिरामीको अस्पतालको झ्यालबाट खसेर मृत्यु

बिहिबार, साउन ३ २०८१

काठमाडौं । भरतपुर पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका एक बिरामीको तेस्रो तलाको झ्‍यालबाट खसेर एक मृत्यु भएको छ।

बिहीबार करिब ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा नवलपरासी जिल्लाको हुप्सीकोट गाउँपालिका २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

मगर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका  रिजालले जानकारी दिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

उनी आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए ।

दृष्टिविहीन मगर बाटो खोज्दै बाहिर निस्किने क्रममा झ्यालबाट खसेको भनिएपनि उनले आत्महत्या गरेको हुनसक्ने पनि अनुमान गएिको छ ।