काठमाडौं । गएरातिको वर्षाले प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर डुबानमा परेको छ।
अहिले दुईवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ। निकासको राम्रो व्यवस्था नहुँदा ठूलो पानी पर्नासाथ सभागृह परिसर डुबानमा पर्ने गरेको छ।

काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरू बताउँछन् ।
काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा काठमाडौं महानगरपालिकाकै केही कार्यालय अझै छन् । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो ।
