शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेको उच्च बृद्धि कायम नैं

५४ अंकले बढ्दा १२ अर्ब पाँच करोडको सेयर किनबेच

बुधबार, साउन २ २०८१

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ७० दशमलव १८ अंकले बढेको नेप्से आज पुन ५४ दशमलव चार अंकले बढेर २३ सय ६४ दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २५ अंकले बढेर चार सय १९ दशमलव ७७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख ४९ हजार चार सय ८१ पटकको कारोबारमा तीन करोड २० लाख ९५ हजार नौं सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दशमलव २३ अंकले बढेर १२ सय ८१ दशमलव ६७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ९० दशमलव ४७ अंकले बढेर चार हजार आठ सय ४३ दशमलव ७९ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ४६ दशमलव शुन्य दुई अंकले बढेर २७ सय ९८ दशमलव ५९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ५० दशमलव २० अंकले बढेर २९ सय ८५ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ४२ दशमलव २६ अंकले बढेर ११ हजार तीन सय २८ दशमलव ७१ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ८२ दशमलव ४१ अंकले बढेर ११ हजार आठ सय दशमलव ४४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिंगटी हाईड्रो इर्नर्जी कम्पनी पहिलो स्थानमा परेको छ।