काठमाडौँ । १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कृषि मन्त्रालयमा कर्मचारीले गरेको आन्दोलन स्थगित गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि कृषि प्राविधिक कर्मचारीहरू धर्ना बस्दै आएका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले मन्त्रीको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका तर माग पुरा नभएसम्म काममा भने नफर्कने जारी दिए ।
प्राविधिक कर्मचारीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका कुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका थिए। त्यस्तै, संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित गर्नुपर्ने कर्मचारीहरुको माग रहेको छ ।