झापा । कन्काई नगरपालिका–२ पवित्रा पेट्रोल पम्प नजिक सडकमा प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगा तर्फ जाँदै गरेको को.१९ प ६२८२ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका–५ बस्ने ४१ वर्षीय लक्ष्मी प्रसाद सुब्बाको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।