शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानमन्त्री ओली र मन्त्रीहरुले गरे लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण

सोमबार, असार ३१ २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् ।

सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हु। प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए ।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण एवंम् पुष्पगुच्छा अर्पण गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आज नै पदभार सम्हाल्ने छन् ।