१७ अंकले घट्दा झण्डै नौ अर्बको शेयर किनबेच
काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ५२ दशमलव ९७ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने १७ दशमलव १८ अंकले घटेर २२ सय ४० दशमलव ४१ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य सात अंकले घटेर तीन सय ९७ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको एक लाख दुई हजार तीन सय ७२ वटा कम्पनीहरुको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार २७ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा मध्ये चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक २० दशमलव २२ अंकले बढेर २७ सय ८३ दशमलव ५५ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः एक दशमलव ४०, आठ दशमलव १५ र शुन्य दशमलव ३३ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १८ दशमलव ४३ अंंकले घटेर १२ सय २१ दशमलव २४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ८५ दशमलव ६७ अंकले घटेर चार हजार चार सय ३३ दशमलव ५० अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि १३ दशमलव ७६ अंकले घटेर २६ सय चार दशमलव १६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ८० दशमलव ९९ अंकले घटेर १० हजार सात सय ६७ दशमलव ६० अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव ७४ अंकले घटेर ११ हजार एक सय ७९ दशमलव ९६ अंकमा झरेको छ । यि बाहेक लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल बैंकको ऋणपत्र २०८२ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ।