शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार

शुक्रबार, असार २८ २०८१

काठमाडौं । पाँचौं पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनापछि पदमुक्त भएकन हुन् ।

शुक्रबार उनले प्रतिनिधि सभामा संविधानको धारा १०० को उपधारा २ बमोजिम पाँचौ पटक विश्वासको मत लिएका  थिए । उनले प्रतिनिधि सभामा बहुमत गुमाएसँगै पदमुक्त भएका हुन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको छ ।