काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्ड प्रतिपक्षमा बस्न सुहाउने व्यक्ति भएको टिप्पणी गरेँ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सुन्दा प्रतिपक्ष कमजोर नहुने देखिसकेको कटाक्ष गरेका हुन्।
कांग्रेस नेता लेखकले राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिलेको बताए । उनले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गरेँ।