शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मेयर हर्क राईले पत्रकारलाई आफ्नै कार्यकक्षमा बोलाएर दुर्व्यवहार गरेको भन्दै महासङ्घको आपत्ति

बिहिबार, असार २७ २०८१

काठमाडौं । नेपाल पत्रकार महासङ्घले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सञ्चारकर्मी संजिता धमलालाई कार्यालयमा बोलाएर दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

बिहीबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पूर्वेली न्युज डटकममा कार्यरत सञ्चारकर्मी धमलालाई धरान उप–महानगरपालिकाका प्रमुख राईले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित ढङ्गबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएका छन्।

साथै घटनाको सत्य तथ्य छानिबन गरी प्रेस विरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुन बमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ।