काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको बताएका छन् । उनले प्रचण्ड, ओलि, देउवामा जस्तै रवि लामिछानेको शैली सत्तामुखी भएको बताएका हुन्।
रास्वपाले पदीय जिम्मेवारीबाट मुक्त गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो बताएका हुन् ।
‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने रविलाई मुकुलको शैलि मन नपर्नु स्वभाविक हो। मन नपराउन पनि सकिन्छ मलाई मतलब छैन’, ढकालले भनेँ ।
उनले राजनीतिक दलको ऐनअनुसार आफूलाई कारबाही गर्न नमिल्ने समेत जिकिर गरेँ ।
उनले भनेँ, ‘अहिले पनि रास्वपाको महामन्त्री छु, मलाई रवि लामिछाने क्लबबाट हटाइएको हो, राजनीतिक दलको ऐनअनुसार मलाई कारबाही गर्न मिल्दैन ।’
ढकालले रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको बताए। ‘देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,” ढकालले भनेँ, ‘उनलाई महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’
रवि लामिछाने क्लबले पार्टी कब्जा गर्दा आफू पार्टीबाट निकालिएको ढकालको आरोप थियो ।