शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

बागमती सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्रीमा कांग्रेसको दाबी

सोमबार, असार २४ २०८१

काठमाडौं । केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले माओवादी नेतृत्वको सरकार छाडेको हो ।

गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक सरकार बन्ने भएको छ ।

मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् ।