शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एकीकृत समाजवादीको ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन (नामसहित)

शुक्रबार, असार २१ २०८१

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)मा केन्द्रीय समिति सदस्य पनि सर्वसम्मतीमा चयन गर्ने भएको छ। जसअन्तर्गत केन्द्रीय समितिका ९३ जनाको नाम घोषणा गरिएको छ ।

बाँकी केन्द्रीय सदस्य यही कमिटीले छनोट गर्ने बताइएको छ।एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी नै छ । केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

२९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र ढुंगो लगाइने उनले बताए।

समाजवादी पार्टीले राष्ट्रिय महाधिवेशनबाट माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिव निर्वाचित गरेको छ ।