शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्र प्रहरीमा अधिकृत स्तरको दरखास्त आह्वान

शुक्रबार, असार २१ २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह ९सञ्चार तथा इन्जिनियरिङ० तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। जसमा कानुन उपसमूहतर्फ प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, प्राविधिक तर्फ प्रहरी निरीक्षक ११ जना माग भएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।