काठमाडौं । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोल किपर मार्टिनेज नायक बन्दा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको छ। मार्टिनेजले इक्वेडरको दुई पेनाल्टी बचाउ गरेका थिए ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि मेसी गोल गर्न असफल भएपनि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो एरियल मोन्टियल र निकोलस ओटामेन्डीले गोल गरेका थिए।
इक्वेडर लागि जोन एबोह जामोरा र जोर्डी मेडिना काइसेडो मात्र गोल गर्न सफल भए भने एन्जल मेना र एलन मिन्डा गोल गर्न असफल भए ।
यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा सिधै पेनाल्टी सुटआउटमा गएको हो ।
खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।
अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।