काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गरेका छन् ।
बुधबार एमालेका मन्त्रीहरूको राजीनामा बुझ्दै प्रधानमन्त्री दाहालले ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिलेकाहीँ, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले’ भन्ने गीत सम्झिएर गुनगुनाएकाे कुरा बाहिरिएकाे थियाे ।
यसप्रति कटाक्ष गर्दै डा. भट्टराईले ट्विट गरेका छन्, ‘कसैलाई माया गर्नु..’ होइन ‘कुर्सीलाई माया गर्नु एउटा भुल गरेँ मैले’ भन्नु बढी तथ्यपरक होला ।’
एमालेले समर्थन फिर्ता लिएको जानकारी गराउादै मन्त्रीहरूले राजीनामा बुझाएपछि प्रधानमन्त्री दाहाल फत्तेमानको गीत गाएर निःशब्द भएका थिए ।
तत्काल मार्गप्रशस्त गर्ने कि संसद्मा विश्वासको मतको सामना गर्ने भन्नेमा प्रचण्ड अलमलमा परिरहेका बेला पूर्वसहकर्मी तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बाबुरामले प्रचण्डमाथि कुर्सीमोह भएको कटाक्ष गरेका छन् ।