शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

बिहिबार, असार २० २०८१

कामठाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेकाहरूले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

यसअघि बुधबार बसेको रास्वपाको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोहीअनुसार रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने भनिएको थियो । उनीहरू प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिनका लागि बालुवाटार पुगेका थिए ।

तर, प्रचण्डसँगको छलफलपछि उनीहरू राजीनामा नदिइ फर्किएका हुन् । स्रोतका अनुसार प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने तयारी गरेकाले सहयोग गर्न आग्रह गरेका थिए । सोहीकारण रास्वपाले त्यतिञ्जेल प्रधानमन्त्रीलाई सघाउने भएको छ ।

सरकारमा रास्वपाका तर्फबाट रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । त्यस्तै डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।