काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् ।
राजीनामा पत्र बुझाउन उनीहरु अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छन् ।
प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रास्वपाका ४ जना मन्त्री छन् । मन्त्रीहरुसँगै उपसभापति डा। स्वर्णिम वाग्ले र सचेतक सन्तोष परियार पनि बालुवाटार पुगेका छन् ।
सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । रास्वपाले नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ ।
यसअघि हिजै एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका थिए । एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।