शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसकाे आग्रह

बुधबार, असार १९ २०८१

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

दुई ठूला दल मिलेर सरकार बनाउन सहमति भएको भएपश्चात सभापति शेरबहादुर देउवाको बूढानीलककण्ठस्थित निवासमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

आज बूढानीलकण्ठमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन समेत गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।
सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको नेपाली काँग्रेसले जनाएको छ ।