काठमाडौं । कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा कोलम्बियबिरुद्ध बराबरी गोल गर्दै ब्राजिल अन्तिम आँठमा पुगेको छ । समुहको उप–विजेता बनेको ब्राजिलले १–१ गोल गदैं अन्तिम आँठमा पुगेको हो ।
समुह ‘डी’ मा ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क बटुल्यो । त्यो समूहबाट सात अङ्कसहित कोलम्बिया पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
खेल सुरु भएको १२औँ मिनेटमै राफिन्हाले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कोलम्बियाले जवाफी गोल गरेको थियो । कोलम्बियाका लागि ड्यानियल मुनोजले गोल गरेका थिए ।
बुधबार विहानको खेलसँगै कोपा–अमेरिकाको क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको, भेनेजुएलाले क्यानडाको, कोलीम्बयाले पानामाको तथा ब्राजिलले उरुग्वेको सामना गर्नेछन् । क्वार्टरफाइनल खेल शुक्रबार बिहानदेखि सुरु हुनेछ ।