शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मंगलबार, असार १८ २०८१

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो।

अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।