काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौं महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।
पार्टीको महाधिवेशन सुरु हुनुअघि आइतबार समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेको थियो ।
यालीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए।सो लगत्तै अधिवेशन उद्घाटन गरिएको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे महासचिव घनश्याम भुसालले जानकारी गराएका छन् ।उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् ।
कार्यक्रममा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रायः पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको थियो ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।
त्यस्तै अतिथिका रूपमा रास्वपाका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेपनि एमालेबाट भने कोही पनि नेता सहभागी भएनन् ।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।