शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

ट्याक्टर दुर्घटना हुँदा घरको छानामा पुग्यो, दुई बालिका घाइते

आइतबार, असार १६ २०८१

बैतडी । बैतडीको मेलौली नगरपालिका–३ स्थित तल्खेतमा ट्याक्टर दुर्घटना हुँदा घरको छानामा अड्कीएको छ ।

कुजागाड सडकखण्डको तल्खेतमा सुपप्र च ०२ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्याक्टर दुर्घटना हुँदा दुई जना बालिका घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिर बहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी प्रहरीले जनाएको छ।

उनीहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ।

रोकिराखेको ट्याक्टरको बालिकाले क्लज थिच्दा अचानक ट्याक्टर चलेको बताइएको छ।

ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टर  छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।