बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

आइतबार, असार १६ २०८१

काठमाडौं  । सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ ।

अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डा युवराज खतिवडा, राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ ।

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।

गत बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको थियो । बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको छ।