शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, असार १४ २०८१

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेे, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेे कार्यसूचि रहेको छ ।

त्यस्तै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।